0
Shares
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक तथा संरक्षक रेशम चौधरीले नयाँ पार्टी बनाउने भएका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छाडेको घोषणा गरेका हुन् ।
श्रीमती रञ्जिता श्रेष्ठसँग लामो टसलपछि चौधरीले नयाँ पार्टी घोषणा गरेका हुन् । उनको नयाँ नागरिक उन्मुक्ति पार्टी, नेपाल राखिने भएको छ ।
टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका उनले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए । पछिल्लो समय विभिन्न राजनीतिक मुद्दामा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जितासँग उनको विवाद बढिरहेको थियो ।