राष्ट्रपति र सभामुखबीच भेटवार्ता

0 Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच बिहीबार भेटवार्ता भएको छ । भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा छलफल भएको सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीले जानकारी दिए ।

यस अवसरमा वर्तमान राजनीतिक निकासबारे उनीहरूबीच छलफल भएको थियो । सभामुखसँगको भेटमा राष्ट्रपति पौडेलले संविधानको भावनाअनुसार संविधानभित्रै रहेर राजनीतिक निकास खोज्ने बताए ।

भदौ २३ गतेपछि विकसित राजनीतिक घटना क्रमबारे राष्ट्रपति पौडेल र सभामुखबीच छलफल भएको र उपयुक्त निकासका बारेमा विचारविमर्श भएको बताइन्छ । उनीहरुबीचको भेटलाई महत्त्वका साथ हेरिएको छ ।

सम्बन्धित समाचार