यूएईमा बाढीमा फसेर नेपालीको मृत्यु

0 Shares

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा बाढीमा परी नेपाली श्रमिकको मृत्यु भएको छ । बाढीमा परी भरतपुरका मोहन पुनको मृत्यु भएको हो ।

यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा फसेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेस्टुरेन्टमा काम गर्दै आएका थिए ।

यूएईमा दुई दिनदेखि भारी वर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण यूएईका सरकारी कार्यलय बन्द रहेको दूतावासले जनाएको छ ।

सरकारी कार्यलय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासले जनाएको छ ।

सम्बन्धित समाचार