नेपालमा बन्द भएसँगै दर्ता गर्न ट्वीटरले देखायो चासो

0 Shares

काठमाडौं । सरकारले दर्ता नभएको सामाजिक सञ्जाल बन्द गरेसँगै अमेरिकी अर्बपति एलन मस्कको कम्पनी एक्स अर्थात ट्वीटरले चासो देखाएको छ ।

बिहीबारदेखि नेपालमा दर्ता नभएको भन्दै सरकारले ट्वीटरदेखि फेसबुक, म्यासेञ्जर, ह्वास्टएपजस्ता सामाजिक सञ्जाल बन्द गरेको थियो । योसँगै ट्वीटरले नेपालमा दर्ता गर्नका लागि आवश्यक कागजात माग गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता तथा सहसचिव गजेन्द्र कुमार ठाकुरले ट्वीटरले दर्ता प्रक्रियाका लागि चासो देखाएको बताएका हुन् । ‘अहिले ट्वीटरले इमेल गरेर दर्ता गर्न चासो देखाउनु भएको छ,’ उनले भने, ‘हामीले नेपालमा दर्ता हुनका लागि आवश्यक कागजात पठाएका छौँ ।’

यसअघि नेपाली उत्पादन एप ‘हाम्रो पात्रो’ले दर्ताका लागि प्रक्रिया गरेको थियो । सरकारले पटक पटक सूचना जारी गर्दै सबै सामाजिक सञ्जाल नेपालमा दर्ता गर्न आग्रह गर्दै आएको थियो ।

नेपाली कानुनअनुसार सूचीकरण नभएसँगै एकसाथ २६ वटा सामाजिक सञ्जाल बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्रकार गरेको थियो ।

सम्बन्धित समाचार