0
Shares
काठमाडौं । नेपाल राष्ट्र बैंकमा एकसाथ १०७ कर्मचारीको सरुवा गरेको छ । सरुवा हुनेमा सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मका कर्मचारी छन् ।
विभिन्न कार्यालय, विभाग र महाशाखामा कार्यरत कर्मचारी सरुवा गरिएको हो । यसअघि एकै पटक सरुवा हुँदैन थियो ।
राष्ट्र बैंकको सूचनाअनुसार दुई कार्यकारी निर्देशक सरुवामा परेका छन् । आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत नरेश शाक्यलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ ।
यस्तै, लघुवित्त सुपरिवेक्षणका विमलराज खनाललाई वित्त व्यवस्थापन विभागमा ल्याइएको छ । पोखरा कार्यालयमा कार्यरत निर्देशक दीपकराज लामिछानेलाई आन्तरिक लेखा परीक्षण विभागमा सरुवा गरिएको छ ।
यस्तै, ३८ उपनिर्देशकको एकै पटक सरुवा भएका छन् । सरुवा हुनेमा ६६ सहायक निर्देशकसमेत छन् ।