भदौ १९ गते तपाईंको दिन कति शुभ, राशीमा के छ?

0 Shares

आज मिति २०८२ भदौ १९ गते बिहीबार । सन् २०२५ सेप्टेम्बर ४ तारिख । नेपाल सम्बत ११४५ ञलाथ्व द्वादशी तिथि । आज बिहान ५ बजेर ४४ मिनेटमा नेपालमा झुल्किएको घाम साँझ ६ बजेर २३ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

नसोचेको ठाउँबाट धनलाभ हुने समय छ । लामो समयदेखि रोकिएको काम बन्नुे छन् भने आम्दानीमा कमी हुने छैन । आयआर्जन सन्तोषजनक रहेपनि आजको दिन पारिवारिक समस्या केही बढ्ने देखिन्छ । तथापि, रुचिका विषयमा लगानी बढाउन सकिनेछ । नियमित कार्य सामान्य रहला ।

बृष

नियमित कर्ममा जोश जाँगर आउनाले मन प्रफुल्ल रहला । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने समय छ । व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । सेयर बजारका काममा पनि सफलता मिल्ने योग छ । ऋण, रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

मिथुन

आजको दिन केही चुनौतीयुक्त रहला । नियमित कार्यमा जाँगर नलाग्ने र खर्चको मात्रा पनि बढ्ने देखिन्छ । कसैसँग मनमुटाव हुनसक्छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले वादविवादमा पर्नबाट सकभर जोगिने प्रयत्न गर्नु हितकर हुनेछ । अनायसै रुपैयाँपैसाको क्षति हुने समय छ ।

कर्कट

मिश्रित फलदायी समय छ । श्रमको उचित मूल्यांकन हुनेछ, तर काममा ढिलाइ भइ सोचेअनुसारको परिणाम प्राप्त नहुन सक्छ । नोकरीमा झमेलाको सामना गनुपर्ने देखिन्छ । ब्यापार व्यवसायमा भने लाभकै योग छ । ब्यस्तता बढे पनि कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्ने छ ।

सिंह

आजको दिन मनोरञ्जनका साथ बित्ने देखिन्छ । पारिवारिक आवश्यकता पूर्ति हुनेछ भने घरपरिवारभित्र राम्रो सम्बन्ध बन्नेछ । सोचेको काम बन्नाले मन हर्षित रहला । मान्यजनको आगमन हुन सक्छ, जसले खुशी दिलाउने छ । स्वादिष्ट भोजनको आनन्द पाइएला । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।

कन्या

पारिवारिक सुख समृद्धि बढ्ने समय छ । नोकरी एवम् सामाजिक कार्यबाट सुखद परिणाम प्राप्त होला । आम्दानीको स्रोत बढ्नेछ । खासगरी बाहन, चौपायासम्बन्धी कामबाट फाइदा हुने देखिन्छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने छ । यात्रामा साथीभाइको साथ सहयोग रहने छ ।

तुला

सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने समय छ । आजको दिन स्वास्थ्य पनि केही कमजोर रहला । खानपानमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । नसोचेको ठाउँमा धन खर्च हुनसक्ने योग रहेकोले सतर्कता अपनाउनु हितकर हुनेछ । भौतिक साधनको क्षति हुने सम्भावना छ ।

वृश्चिक

विशेष कार्यमा सहयोगी एवम् साथीभाइहरुले राम्रो साथ दिनेछन् । पितृधनको उपयोगबाट विशेष फाइदा मिल्ने समय छ । अधुरा काम सम्पन्न हुनेछन् भने पढाइलेखाइमा मन जानेछ । कृषिकर्मबाट पनि राम्रो लाभ लिन सकिनेछ । नयाँ जिम्मेवारी प्राप्त हुने योग छ । दैनिक कामकाज सजिलै सम्पन्न हुने छन् ।

धनु

रोकिएका कामहरू बन्ने दिन छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । सोचेभन्दा बढी नै लाभ हुने देखिन्छ । प्रशंसा गर्नेहरु बढ्ने छन् । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने योग छ । कर्मबल बढ्नाले आय वृद्धि एवम् उन्नति–पदोन्नति हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्ने छ ।

मकर

सानो प्रयासले रोकिएको काम बन्ने समय छ । ब्यापार ब्यावसायबाट राम्रै फाइदा हुने देखिन्छ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । टाढाको यात्राबाट धनप्राप्त हुने योग छ । आफन्तजनको सहयोग प्राप्त हुनेछ । मित्रसँग भेटघाट र रमाइला क्षण ब्यतित हुने योग छ ।

कुम्भ

दिन खासै उत्साहवर्द्धक नरहने देखिन्छ । वर्तमान समस्या तत्काल समाधान नहुन सक्छ, खर्चको पनि योग छ । भौतिक साधनको क्षति हुने योग छ, सावधानी अपनाउनु उचित होला । स्वास्थ्यगत समस्याले पनि सताउनुका साथै मनमा घरायसी पीडाले डेरा जमाउन सक्छ । दौडधुप बढ्ने छ तर परिणाम खासै मिल्ने छैन ।

मीन

दिन सामान्य रहे पनि टाढिएका मित्र एवम् आफन्तको यादले पिरोल्नेछ । चिताएको काममा सफलता नमिल्न सक्छ । साथीसंगीहरु रुष्ट रहने योग भएकोले बोली र व्यवहारमा संयमता अपनाउनुहोला । । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । चिताएको काम पुरा नहुन सक्छ ।

सम्बन्धित समाचार