0
Shares
काठमाडौं। काठमाडौंको पुतलीसडकमा माइक्रो बसले ठक्कर दिँदा दुई जना घाइते भएका छन् । पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले पैदल यात्रीलाई ठक्कर दिएको हो ।
प्रहरीका अनुसार माइक्रो बसको ठक्करबाट पाँच वर्षीया बालिका आशिका तामाङ र नौ वर्षका विवेक तामाङ घाइते भएका हुन् ।
दुर्घटनापछि पुतलीसडक क्षेत्रमा ट्राफिक जाम भएको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । (यसअघि गल्ती भएकाले सच्याइएको छ- स.)