भारतमाथि ५० प्रतिशत अमेरिकी करः ५४ खर्ब भारूको निर्यात घट्ने, रोजगारीको अभाव हुने

0 Shares

काठमाडौं । गत २७ अगस्टदेखि अमेरिकाले भारतमाथि ५० प्रतिशत कर लगाइदिएको छ । यसबाट भारतबाट अमेरिका जाने सामानमा ५० प्रतिशत कर लागू भएको छ ।
ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जिटिआरआई)को रिपोर्टअनुसार यो नयाँ करले भारतको लगभग ५४ खर्ब भारतीय रुपैयाँको निर्यातमा असर परेको छ । भारतीय सामान ५० प्रतिशत करले अमेरिकामा बेचिने कपडा, हिराका गहना, फर्निचर, समुद्री खाना जस्ता भारतीय उत्पादन महंगो बनाउने छ। यसले तिनीहरूको माग ७० प्रतिशतले घटाउन सक्छ ।
चीन, भियतनाम र मेक्सिको जस्ता कम कर भएका देशबाट यी सामानहरू अमेरिकामा सस्तो मूल्यमा जाने छन् । यसले अमेरिकी बजारमा भारतीय उत्पानको हिस्सा कमजोर बनाउने छ । यता, भारतको आर्थिक गतिविधिमा ठूलो प्रभाव पर्ने छ । भारतीय सामानमा लगाइएको करको दर यस प्रकारको छः
१. मेसिनरी र पार्टपुर्जाः अमेरिकाले भारतबाट जाने अटोमोटिभ पार्टपुर्जामा सबैभन्दा बढी करको भार थुपारेको छ ।
पहिलेको अवस्थाः भारतले २०२४ मा १९.१६ अर्ब डलर मूल्यका इन्जिनियरिङ सामान निर्यात गरेको थियो । यसमा स्टीि उत्पादन, मेसिनरी, अटोमोटिभ पार्टपुर्जा, विद्युतीय मेसिनरी र अन्य औद्योगिक उपकरण समावेश थिए ।
अमेरिकाले कार, साना ट्रक र तिनीहरूका पार्टपुर्जामा २५ प्रतिशत शुल्क लगाइरहेको थियो । जबकि, व्यावसायिक सवारी साधनका पार्टपुर्जामा १० प्रतिशत शुल्क थियो ।
अहिलेको अवस्थाः
अमेरिका भारतीय अटो पार्टपुर्जाका लागि सबैभन्दा ठूलो बजार हो । आर्थिक वर्ष २०२५ मा अटो पार्टपुर्जाको कुल निर्यातको लगभग ३२ प्रतिशत अमेरिका निर्यात भएको थियो ।
कर वृद्धिले वार्षिक अटो पार्टपुर्जा निर्यातमध्ये ७ अर्ब डलरमध्ये आधाभन्दा बढी निर्यातमा असर गर्न सक्छ । अर्कोतर्फ, इन्जिनियरिङ सामान साना तथा मझौला उद्यमहरू सबैभन्दा बढी प्रभावित हुने छन् । यसले इन्जिनियरिङ सामानको निर्यातको ४० प्रतिशत योगदान पु¥याउँछन् । यसले हजारौँ रोजगारी जोखिममा पार्न सक्छ ।
२. इलेक्ट्रोनिक्सः स्मार्टफोन प्रभाव
पहिलेको अवस्थाः
भारतले सन् २०२४ मा अमेरिकालाई १४ अर्ब डलर मूल्यको इलेक्ट्रोनिक्स निर्यात गरेको थियो । स्मार्टफोन, विशेष गरी आइफोनको यसमा ठूलो हिस्सा छ । भारत अमेरिकामा आइफोनको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो ।
डोनाल्ड ट्रम्पले अप्रिलमा पहिलो पटक कर घोषणा गर्नुअघि इलेक्ट्रोनिक्समा औसत ०.४१ प्रतिशतको कर लगाइएको थियो ।
अहिलेको अवस्थाः
इलेक्ट्रोनिक्स हाल छुट छ । धारा २३२ कर घोषणा नभएसम्म अमेरिकामा एप्पल, सामसुङ जस्ता स्मार्टफोनको निर्यातमा कुनै प्रभाव पर्ने छैन । धारा २३२ अमेरिकी व्यापार विस्तार ऐन १९६२ को एक भाग हो । यसले राष्ट्रिय सुरक्षाको आधारमा आयातमा कर लगाउन अनुमति दिन्छ ।
धारा २३२ को समीक्षा गरेपछि करको अन्तिम निर्णय लिइने छ । धारा २३२ को करको घोषणापछि यदि ५० प्रतिशतको नयाँ कर लगाइयो भने भारतबाट अमेरिकामा निर्यात हुने इलेक्ट्रोनिक सामान महंगो हुनेछन् । कम्पनीहरूले अमेरिकामा पठाइएका इलेक्ट्रोनिक्स वस्तुहरू अर्को देशमा उत्पादन गर्ने विचार गर्न सक्छन् ।
३. औषधिमा २५० प्रशित करको खतरा
पहिलेको अवस्थाः
भारतले सन् २०२४ मा अमेरिकालाई १०.५२ अर्ब डलर बराबरको औषधि निर्यात ग¥यो । यो अमेरिकी औषधि निर्यातको लगभग ४० प्रतिशत हिस्सा हो । यदि, नयाँ कर लागू भए यसले अमेरिका र भारत दुवैलाई असर गर्ने छ ।
अहिलेको अवस्थाः
फार्मामा हाल छुट छ । तर, ट्रम्पले १८ महिनामा १५० प्रतिशत र पछि २५० प्रतिशत शुल्क लगाउने धम्की दिएका छन् । १०० डलरको औषधिको मूल्य दोब्बर हुनेछ । यसले सन फार्मा, डा. रेड्डीज, सिप्ला, लुपिन जस्ता ठूला भारतीय कम्पनीहरूलाई नोक्सान पु¥याउने छ ।
४. हिरा तथा आभूषणको कर
पहिलेको अवस्थाः
भारतले सन् २०२४ मा अमेरिकालाई ९.९४ अर्ब डलर बराबरको हिरा तथा आभूषण निर्यात गरेको थियो । यो अमेरिकी हिरा आयातको ४४.५ प्रतिशत हो । केही गहनामा पहिले नै २५ प्रतिशतसम्म कर लागेको थियो ।
अहिलेको अवस्थाः
नयाँ कर ५० प्रतिशत पुगेको छ । मूल्य वृद्धिका कारण निर्यातमा ३० प्रतिशतसम्म कमी आउन सक्छ । अमेरिकी खरिदकर्ताले सस्ता विकल्पतर्फ फर्कन सक्छन् । यसले भारतीय कारिगरको रोजगारीलाई जोखिममा पार्न सक्छ ।

साथै, भारतीय कम्पनीहरूले दुबई र मेक्सिको जस्ता देशहरूमा उत्पादन सुविधा स्थापना गर्ने विचार गर्न सक्छन् । जहाँ करहरू कम छन् । यो शुल्क दुबईमा केवल १० प्रतिशत र मेक्सिकोमा २५ प्रतिशत छ । जबकि, भारतले अब ५० प्रतिशत तिर्नुपर्ने छ ।
५. कपडाको मागमा ब्रेक
पहिलेको अवस्थाः
भारतले सन् २०२४ मा अमेरिकालाई १० अर्ब डलरको कपडा निर्यात गरेको थियो । यसमा सुती धागो र कार्पेटदेखि तयारी पोशाकसम्म समावेश छ ।
यस वर्षको पहिलो त्रैमासिकमा भारतको कुल निर्यात १० प्रतिशतले बढेर ४ अर्ब डलर पुगेको छ । अमेरिकामा निर्यात १४ प्रतिशत ले बढेको छ ।
अहिलेको अवस्थाः
नयाँ करले भारतीय कपडाको ५० प्रतिशतसम्म मूल्य बढाउन सक्छ । कपडाको मागमा २५ प्रतिशत कमी आउने सम्भावना छ । अमेरिकामा भारतको कपडा निर्यातको हिस्सा गत वर्ष ३३ प्रतिशतबाट घटेर यस वर्ष २५ प्रतिशत हुनेछ ।
६. समुद्री खाना
पहिलेको अवस्थाः
भारतले हाल अमेरिकालाई वार्षिक ६ खर्ब भारूको समुद्री खाना निर्यात गर्छ । भारतको अमेरिकामा कुल समुद्री खाना निर्यातको हिस्सा लगभग ४० प्रतिशत छ । यस लगभग दुई करोड भारतीयलाई रोजगारी प्रदान गर्दछ ।
अहिलेको अवस्थाः
५० प्रतिशत शुल्कले साढे दुई खर्ब भारूको व्यवसाय जोखिममा पार्न सक्छ । भारतका प्रतिस्पर्धी, जस्तै इक्वेडर, इन्डोनेसिया र भियतनामले धेरै कम शुल्क तिर्छन् ।

भारतीय समुद्री खाना महंगो हुँदै जाँदा यी देशहरूबाट खाद्य उत्पादन बढी बिक्री हुने छन् । यसले भारतीय कम्पनीको बजार हिस्सा घटाउन सक्छ ।
रोजगारी गुमाउने खतराः
सिएनबिसी रिपोर्टअनुसार भारतले अमेरिकामा सबैभन्दा धेरै गहना, कपडा, मेसिनरी र रसायन निर्यात गर्छ । यी सामानमा ५० प्रतिशतसम्म कर लगाउँदा महंगो बनाउने छ । त्यहाँबाट अर्डरहरू घट्ने छन् ।
कम अर्डरसँग कम्पनीहरूले आफ्नो उत्पादन घटाउनुपर्ने हुन्छ । यसले कर्मचारी घट्न सक्छन् । अर्थात्, यी क्षेत्रहरूमा रोजगारी गुमाउने जोखिम छ । यद्यपि, कुन क्षेत्रबाट कति जागिर गुम्ने छन्भ न्ने अनुमान गर्न गाह्रो छ ।
अर्थतन्त्रमा प्रभावः
५० प्रतिशतको भन्सार शुल्कले अमेरिकामा हुने निर्यात घट्ने छ । यसले निर्यातबाट हुने सरकारको आम्दानी घट्ने छ । विज्ञहरूका अनुसार भारतको जीडीपी ०.६ प्रतिशतसम्म्घ ट्न सक्छ । यसबाहेक सरकारले आफ्नो व्यापार नीति परिवर्तन गर्नुपर्ने हुन सक्छ । (एजेन्सीको सहयोगमा  तयार गरेको रिर्पोट हो )

सम्बन्धित समाचार