अमेरिकी डलरको भाउ स्थिर हुँदा युरो घट्यो

0 Shares

काठमाडौँ । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आइतबार खरिद दर १३३ रुपैयाँ १७ पैसा र बिक्री दर १३३ रुपैयाँ ७७ पैसा रहेको अमेरिकी डलर सोमबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोको खरिद दर १४१ रुपैयाँ ७३ पैसा र बिक्री दर १४२ रुपैयाँ ३७ पैसा रहेको छ । आइतबार युरोको खरिद दर १४१ रुपैयाँ ९२ पैसा र बिक्री दर १४२ रुपैयाँ ५६ पैसा रहेको थियो ।

यसैगरी, सोमबार बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ८२ पैसा र बिक्री दर १६६ रुपैयाँ ५६ पैसामा कारोबार भइरहेको छ । आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ०९ पैसा र बिक्री दर ८६ रुपैयाँ ४८ पैसा रहेको छ । सोमबार मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९२ पैसा र बिक्री दर २८ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ५० पैसा र बिक्री दर ३५ रुपैयाँ ६६ पैसा रहेको छ । सोमबार साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६५ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ६९ पैसा छ ।

सम्बन्धित समाचार