0
Shares
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक सेयर सर्वसाधारण का लागि बिक्री खुल्ला भएको छ । विद्यमान संस्थापक सेयरधनी हरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेपछि बैंकले सर्वसाधारण का लागि सेयर बिक्री प्रकृया खुल्ला गरेको हो ।
सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयरधनी बलराम श्रेष्ठको स्वामित्वमा रहेको ६४ हजार कित्ता र सेयर धनी विश्व प्रकाश गुरुङको स्वामित्वमा रहेको २५ हजार ७५९ कित्ता सेयर बिक्री खुल्ला गरेको हो ।
सो सेयर किन्न इच्छुक सर्व साधारण व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको बालुवाटार स्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेसांग्रिला डेभलपमेन्ट बैंकले जनाएको छ ।