बाजेको सेकुवाले आईपीओ निष्कासन गर्ने

0 Shares

काठमाडौं। बाजेको सेकुवा लिमिटेडले आईपीओ निष्कासन प्रस्तावसहित १६औं वार्षिक साधारणसभा बोलाएको छ।

कम्पनीको भदौ ७ को सञ्चालक समिति बैठकले आगामी असोज २ मा साधारणसभा आह्वान गरेको हो।

साधारणसभाले आईपीओ निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, अन्य कम्पनीसँग मर्जर तथा डीडीए गर्ने र निर्णय गर्ने जिम्मा सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्नेछ।

साधारणसभामा गत आवको वित्तीय विवरण छलफल गरी पारित गर्ने र चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण प्रस्तावलगायतका विषय तय गरिएका छन्।

सम्बन्धित समाचार