विप्लव जनार्दन घनश्याम एउटै मञ्चबाट बोल्दै

0 Shares

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकर, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन् ।

सहिद बेपत्ता स्मृति प्रतिष्ठान, नेपालले आयोजना वर्तमान राजनीतिक, संकट र निकास विषय अन्तक्रिया कार्यक्रम मार्फत एउटै कर्याक्रममा हुन लागेका हुन्। उक्त कार्यक्रम रुपन्देहीको एसियान होटलमा हुन लागेको हो । उक्त अन्तक्रिया कार्यक्रममा अन्य अतिथि सहित नेता कार्यकर्ताको उल्लेख्य मात्रामा सहभागीता हुने बताएको छ ।

 

यसअघि पनि काठमाडौँमा समाजवाद सम्बन्धी बहस कार्यक्रममा विप्लव, जनार्दन र घनश्यामले एउटै मञ्चबाट सम्बोधन गरेका थिए ।

सम्बन्धित समाचार