ललितपुर । राष्ट्रिय सहकारी बैंकले आज (भदौ १० गते) देखि लागू हुने गरी बचत तथा कर्जाको ब्याजदर घटाएको छ। बैंकले विभिन्न प्रकारका बचत खाता र कर्जाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बचतमा नयाँ ब्याजदर:-
बैंकले बचतमा न्यूनतम १ प्रतिशत देखि अधिकतम ४ प्रतिशत सम्मको ब्याजदर तोकेको छ।
साधारण बचत: १%
विशेष बचत: १.१०%
सुपर बचत: १.२५% देखि १.५०%
अनिवार्य नियमित बचत: ४%
मुद्दती निक्षेप: २% देखि ३.७५%
कर्जामा नयाँ ब्याजदर:-
बैंकले कर्जातर्फ न्यूनतम ५.५० प्रतिशत देखि अधिकतम ७.५० प्रतिशत सम्मको ब्याजदर तोकेको छ।
कृषि तथा कृषि परियोजना कर्जा: ५.५०% देखि ५.७५%
साना तथा मझौला कर्जा: ६.५०%
महिला सशक्तीकरण कर्जा: ५.७५%
एनसिबिएल सहज कर्जा: ६%
व्यवसायिक आवधिक कर्जा: ६.८५% देखि ६.९९%
बैंकका अनुसार अपाङ्ग, दलित र महिलाद्वारा सञ्चालित संस्थालाई प्रकाशित ब्याजदरमा ०.५ प्रतिशतसम्म थपघट गर्न सकिनेछ ।