शिक्षक महासंघले ठूला तीन दलको पार्टी कार्यालय घेराउ गर्ने तयारी

0 Shares

काठमाडौं । नेपाल शिक्षक महासंघले शीर्ष तीन दलको पार्टी कार्यायल घेर्ने भएको छ । विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय घेराउ गर्ने भएको हो ।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीका अनुसार कांग्रेस पार्टी कार्यालय ११ गते अर्थात भोलि घेराउ गर्ने भएको हो । बुधबार दिउँसो १ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा महासंघले धर्ना बसेर ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम राखेको हो ।

त्यसै गरी भदौ १२ गते नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल र भाद्र १३ गते नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिस डाँडामा धर्ना गरी पार्टी कार्यालय घेराउ गर्ने भएको उनले जानकारी दिए ।

यसपछि महासंघले चरणबद्ध सडक आन्दोलन गर्ने गरी तयारी गरेको छ । यसअघि सरकारसँग आफूहरूको माग राख्दै आन्दोलन गरिएको थियो । विद्यालय शिक्षा विधेयकविरुद्ध निजी क्षेत्रका शैक्षिक संस्था संचालकहरू विरोधमा छन् । योसँगै विधेयक अलपत्र परेको छ ।

सम्बन्धित समाचार