टिपर पल्टिएर तमोरमा खसेका एक कर्मचारी बेपत्ता

0 Shares

काठमाडौं । जिल्लाको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर नदीमा खस्दा एक जना बेपत्ता भएका छन् ।

तमोर करिडोर सडकखण्डमा ‘तमोर ५ हाइड्रोपावर’को ग१क ६३१८ नम्बरको टिपर मर्मत गरी परीक्षण गर्ने क्रममा पल्टिएर नदीमा खस्दा सोही हाइड्रोपावरमा मेकानिकका रुपमा काम गर्ने तनहुँको शुक्लागण्डकी गाउँपालिका ४ का अन्दाजी २४ वर्षीय सुदीप सुवेदी नदीमा बेपत्ता भएका हुन् ।

टिपर खसेको जानकारी हुनासाथै प्रहरीको टोली घटनास्थलमा पुगेर खोजी गरेको थियो । तर, फेला नपरेको प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए। उनका अनुसार टिपर नदीमा डुबेको अवस्थामा छ

सम्बन्धित समाचार