साइकल दुर्घटना हुँदा पुरुषको मृत्यु

0 Shares

विराटनगर । मोरङको विराटनगर महानगर १४ मा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आईसीपी रोडको भित्री सडक खण्डमा आइतबार साँझ सिटी सफारीसँग ठोक्किएर साइकल दुर्घटना भएको हो । घटनामा मोरङको जहदा गाउँपालिका ३ का ४१ वर्षीय रुपेश कुमार राजवंशीको मृत्यु भएको हो ।

साइकल अनियन्त्रित भई बिराटनगर–१–ह १२३४ नम्बरको सिटी सफारीको पछाडि ठोक्किको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका राजवंशीलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । अस्पताल पुर्‍याइएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

सम्बन्धित समाचार