0
Shares
काठमाडौं । विशेष अदालतले नियतवश अनेकौँ भ्रष्टाचारको आरोप लागेका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक सुनिल पौडेललाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनीसँग जम्मा एक लाख रुपैयाँ धरौटीमा रिहा गरिदिन मागेको हो ।
पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार २७ गते पौने १६ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतको आदेशका कारण मात्रै उनी थुनामुक्त हुन पाउने छैनन् । यसअघि उनीविरुद्ध अरु पनि भ्रष्टाचारका मुद्दामा रहेका छन् ।