0
Shares
काठमाडौं । रौतहटको गौर नागरपालिका ९ स्थित गौर-सिरसिया सडक खण्डमा सुटकेशभित्र मृत अवस्थामा भेटिएकी महिलाको सनाखत भएको छ ।
मृत भेटिएकी महिलाको शव गौर नगरपालिका २ मा बस्दै आएकी करिब २६ वर्षीय रुवी शाह सुडीको रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
माधवनारायण नगरपालिका ६ माइती भएकी रुवीले भारतमा विवाह गरेकी थिइन् । तर, पछिल्लो समय उनी ४ वर्षीय छोरा पढाउन गौर नगरपालिका २ स्थित महादेवपट्टिमा डेरामा बस्दै आएकी थिइन् ।
सुटकेशमा कुइनो र घुँडा जोडेर प्याक गरेको अवस्थामा शव भेटिएपछि प्रहरीले जनाएको छ । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएका छन् । उनका श्रीमान् भारतबाट नेपाल आएका छन् ।