पहिरोले अवरुद्ध बनेको त्रिभुवन राजपथ सञ्चालन

0 Shares

मकवानपुर । त्रिभुवन राजपथको हेटौंडा-काठमाडौं खण्डअन्तर्गत भिमफेदी गाउँपालिका १ बाघझोरा नजिक गएराति सुक्खा पहिरो गएर अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ ।

ठूलाठूला डोजरको सहयोगमा पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैगरी हेटौंडा-काठमाडौं खण्डको कान्तिलोकपथको भिमफेदी गाउँपालिका ८ भर्‍याङडाँडामा हिजो गएको पहिरोले सडक अवरुद्ध भएकामा आज दिउँसो पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालनमा आएका छन् ।

सम्बन्धित समाचार