0
Shares
भरतपुर । सुक्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ ।
आज बिहान ६ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका ५ तुइन खोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडक खण्ड दुइतर्फी अवरुद्ध भएको हो ।
सडक सुरुका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोली खटिएको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए ।
उनका अनुसार स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु भएको छ । पहिरोका कारण गन्तव्यमा हिडेका सवारी साधन रोकिएका छन् । यस सडक खण्ड पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।