काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र काठमाडौँको मध्य बानेश्वरस्थित किड्स क्लिनिकबीच एक सम्झौता भएको छ । यस सम्झौताअनुसार, बैंकका ग्राहक, सेयरधनी र कर्मचारीले क्लिनिकका सेवाहरूमा छुट पाउनेछन् ।
बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीका अनुसार, किड्स क्लिनिकका विशेषज्ञ डाक्टरहरूको बहिरङ्ग सेवा ९ओपीडी०, प्रयोगशाला शुल्क तथा औषधीको मूल्यमा बैंकका सेयरधनी र कर्मचारीले १५ प्रतिशत छुट पाउनेछन् । यस्तै, डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले १० प्रतिशत छुट पाउनेछन् ।
सम्झौतापत्रमा बैंकको बालुवाटार शाखाका प्रबन्धक मनोहर महोत्रा र किड्स क्लिनिकका निर्देशक डा। पुष्पराज अवस्थीले हस्ताक्षर गरेका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा दिइरहेको छ । किड्स क्लिनिक बाल स्वास्थ्यसम्बन्धी विशेषज्ञहरूले सञ्चालन गरेको क्लिनिक हो ।