काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहति खतिवडाले उपसभामुख इन्दिरा रानाको अमेरिका भ्रमणबारे सभामुख देवराज घिमिरेलाई प्रश्न गरेका छन् ।
प्रतिनिधिसभा बैठक बस्नुअघि संसद् भवनमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सांसद खतिवडाले उपसभामुखको अमेरिका भ्रमणबारे प्रश्न गर्दै जिज्ञासा राखेका हुन् ।
उनले उपसभामुख रानाको अमेरिका भ्रमण संसद्कै कार्यक्रम हो कि बाहिरको हो रु भन्दै प्रश्न गरे । सभामुख घिमिरेले ‘उहाँ (उपसभामुख) व्यक्तिगत भ्रमणमा जानु भएको हो’ भन्दै जवाफ दिएका थिए ।
यस्तै, सांसद खतिवडालेले यसरी उपसभामुख व्यक्तिगत भ्रमणमा जान मिल्छ रु भन्दै अर्को प्रश्न गरे । सभामुखले व्यक्तिगत भ्रमण रहेको र त्यसबारे धेरै टिप्पणी नगर्ने प्रतिक्रिया दिएका थिए ।
अन्तमा, खतिवडाले सभामुखलाई ‘रातो पासपोर्ट प्रयोग गरेर धेरै पटक विभिन्न कार्यक्रममा जानु भएको छ, यो मिल्दैन, यो अपारदर्शी छ, ध्यानाकर्षण गराउँछु’ भन्दै खण्डन गरेका थिए ।
उपसभामुख राना अहिले अमेरिका भ्रमणमा छिन् । उनी अमेरिका भ्रमण रहँदा सत्तारुढ दुई ठूला दलहरूले अमेरिका भ्रमणमा जान काटेको पत्र अवैधानिक भन्दै उपसभामुखको पदबाट हटाउने प्रयास गरिरहेका छन् ।