0
Shares
काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगरलाई हटाउने विषयमा विभाजित भएको छ । रानालाई हटाउने विषयमा कांग्रेसका संस्थापनपक्षका सांसदहरुले हस्ताक्षर गरे पनि वरिष्ठ नेता शेखर कोइरालापक्षले अस्वीकार गरेको स्रोतले जनाएको छ ।
कांग्रेसका संस्थापनपक्ष उपसभामुख हटाएर आफ्नोपक्षको नेता व्यवस्थापन गर्न लागेको छ । संवैधानिक परिषद्मा कांग्रेसबाट कोहीँ नभएपछि कुनै नेतालाई पठाएर व्यवस्थापन गर्ने तयारी हो । तर, कोइरालापक्षले उनलाई हटाउँदा नराम्रो सन्देश जाने भएपछि हस्ताक्षरमा सहभागी नभएको बताएको छ ।
उता सत्ताधारी नेकपा एमालेले सबै सांसदहरुलाई बुधबारभित्र काठमाडौँ आइसक्न निर्देशन जारी गरेको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलालले काठमाडौँ उपत्यका बाहिर भएका सांसदलाई तत्काल आउन आग्रह गरेका छन् ।