श्रीमानसँग मनमुटाव भएपछि पेट्रोल छर्केर आत्मदाह

0 Shares

काठमाडौं । आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी एक महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालयका झापाका प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनाका अनुसार घरमा एक्लै भएका बेला सोमबार दिउँसो पेट्रोल छर्केर आफ्नो शरीरमा आगो लगाएकी दमक नगरपालिका १ भानु चोक निवासी मनोज साहकी श्रीमती ३० वर्षीया शोभाको मृत्यु भएको हो ।

दमक अस्पतालमा सामान्य उपचारपश्चात् धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा उपचार नहुने जानकारी पाएपछि पुनः बिर्तामोडस्थित विएण्डसी अस्पतालमा ल्याउँदा निजको मृत्यु भएको हो ।

श्रीमानसँग मनमुटाव भएपछि उनले आत्मदाहको प्रयास गरेको आशंका प्रहरीको छ ।

सम्बन्धित समाचार