एमाले सांसदलाई खाली कागजमा हस्ताक्षर गराइयो

0 Shares

काठमाडौँ । नेकपा एमालेका सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गर्न लगाइएको छ । मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा सांसदहरुलाई बोलाएर खाली कागजमा हस्ताक्षर गर्न लगाइएको हो ।

कुन प्रयोजनका लागि हस्ताक्षर गर्न लगाइएको भन्नेबारे थाहा नदिएको एक नेताले बताए । बैठक भनेर बोलाए पनि कुनै ठोस एजेन्डामा छलफल नभएको नेताहरुले बताएका छन् ।

सम्बन्धित समाचार