काठमाडौं । उपसभामुख इन्दिरा रानालाई हटाउन सत्तारुढ नेकपा एमालेको संसदीय दलमा हस्ताक्षर थालिएको छ ।
आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा बोलाएको एमालेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा धमाधम हस्ताक्षर गराएको हो ।उनी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उपभामुख निर्वाचित हुनु भएको थियो ।
अहिले आफूहरू उपस्थित भएर हस्ताक्षर जारी रहेको एक सांसदले बताए ।जरुरी र महत्त्वपूर्ण विषयमा छलफल गर्न भन्दै एमालेका सांसदहरूलाई बिहान साढे १० बजे संसदीय दलको कार्यालयमा डाकिएको थियो ।
कांग्रेसले पनि आफ्ना सांसदहरूलाई आकस्मिक रूपमा १२ बजेभित्र सांसदहरू दलको कार्यालयमा उपस्थित हुने गरी बोलाइसकेको छ । त्यसअघि कांग्रेसको पदाधिकारी बैठक जारि छ ।
उपसभामुख इन्दिरा रानाले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन लेखेको पत्रको विषयमा आफ्नो पदीय मर्यादा बिर्सेको भन्दै नैतिकतामाथि प्रश्न उठाउँदै महाअभियोगको प्रस्ताव लैजाने सत्ता गठबन्धनले तयारी गरेका हुन् ।
उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो ।
उपसभामुख हटाउने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बैठक बोलाएको छ । उपभामुख हटाउने भएपछि नेताहरु छलफल गर्न बैठक बोलाउने तयारी गरेका हुन् ।