सुनको मूल्य घट्यो

0 Shares

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १२०० रुपैयाँ घटेको हो ।

जसअनुसार आज सुन तोलामा एक लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार एक लाख ९६ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । सोमबार दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज दुई हजार ३०० रुपैयाँमा करोबार भइरहेको छ ।

सम्बन्धित समाचार