0
Shares
काठमाडौं । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डका विषयमा सार्वेच्च अदालतको आदेश स्वागत योग्य भएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै साहले सर्वोच्चको आदेशबाट न्यायको जित भएको उल्लेख गरेका छन् ।
लामो समय न्यायको पखाईमा रहेका विभत्स गौर नरसंहरका पीडितहरुले न्याय पाउने आसा र विश्वास जागेको बताए ।
‘आज सर्वोच्च अदालतले गौर हत्याकाण्डको मुद्दा अगाडि बढाउन गरेको आदेशबाट न्यायको जीत भएको छ । विगत लामो समयदेखि अनवरत संघर्षरत एवं न्यायको पर्खाईमा रहेका बिभत्स गौर नरसंहारका पीडितहरूमा न्याय पाउने आशा र विश्वास बढेर गएको छ’ उनले भनेका छन्,‘आजबाट निर्वाद रूपमा शिघ्र न्याय निरुपण भई दोषीहरु कानुनको दायरामा आउने विश्वास समेत व्यक्त गर्दछु ।’