भोलिदेखि नाडा अटो शो हुँदै, स्टल निर्माण कार्य अन्तिम चरणमा

0 Shares

काठमाडौं । भोलि भदौ ३ गते मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा नाडा अटो शो हुँदै छ । उक्त शोका लागि स्टल निर्माण गर्ने काम जारी रहेको छ ।

आज सोमबार दिउसो अटो शो हुने क्षेत्रमा अवलोकन गर्दा स्टल निर्माण कार्य तिब्र रुपमा चलिरहेको छ । सो अटो शोमा १८ वटा चारपांग्रे ब्राण्ड, दुई पांग्रेका ५ वटा ब्राण्ड र लाइट कमर्शियल भेहिकलका १३ गरी कुल ३६ वटा अटोमोबाइल्स ब्राण्ड सहमागी हुँदैछन् ।

यसका साथै ४० ब्राण्डका अटो कम्पोनेन्टहरू सहमागी हुँदैछन् । उक्त सबै ब्राण्डको स्टल निर्माणमा मजदुरहरु खटिएका छन् ।

स्टल निर्माण गरिरहेका मजदुरहरूले अनुसार अहिले निर्माणको कार्य तिब्र रहेको बताएका छन्। भोलि बिहानसम्म सबै फिनिसिङ गरेर सम्बन्धित ब्राण्डलाई हस्तान्तरण गर्नु पर्ने भएकाले अहिले काम अलिक तिब्र रुपमा चलिरहेको उनीहरूले बताए । तर, अब करिब-करिब फिनिसिङ चरणमा रहेको उल्लेख गर्दै एक मजदुरले भने, ‘निर्माणको अन्तिम चरणमा छौँ, फिनिसिङ गर्न बाँकी छ । भोलि बिहानसम्म हस्तान्तरण गर्नेछौँ ।’

सम्बन्धित समाचार