भारतीय विदेश सचिवले बसाइको पोसिनले विवाद

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा भारतीय विदेश सचिव विक्रम मिस्रीको बसाइको पोसिनलाई लिएर विवाद भएको छ । प्रधानमन्त्री ओलीसँगको आइतबारको भेटमा विदेश सचिव मिश्रिते खट्टा माथि राखेर बसेपछि सामाजिक सञ्जालमा विरोध भएको हो ।

प्रधानमन्त्री ओलीले भारत भ्रमणमा जान निक्कै प्रयास गरेका थिए । अहिले विदेश सचिव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उतैबाट निम्ता ढिलो गरी आएका छन् । प्रधानमन्त्री भए लगत्तै भारतले बोलाउनुपर्नेमा ढिलो गरी निम्ता आएको त्यसैमा विदेश सचिवले हेपेर खुट्टा माथि राख्नु कूटनीतिक मर्यादा विपरीत भएको एमाले विरोधीहरूले सामाजिक सञ्जालमा विरोध जनाएका छन् ।

तर, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लयागतसँगको भेटमा भएको पोजिसनका बारेमा प्रश्न उठाएको छैन । एमाले समर्थकहरूले भने बसाइको पोजिसनलाई लिएर आलोचना गर्न नहुने भन्दै बचाउ गरेका छन् ।

सम्बन्धित समाचार