काठमाडौँ । आजबाट लागू हुनेगरी वाणिज्य बैंकमा मुद्दतीतर्फको औसत ब्याजदर घटेको छ । सातवटा बैंकले व्यक्तिगततर्फ र सातवटाले संस्थागततर्फको ब्याजदर कटौती गरेसँगै वाणिज्य बैंकमा मुद्दतीतर्फको औसत ब्याजदर घट्न पुगेको हो ।
भदौ महिनामा कृषि विकास, एभरेष्ट, कुमारी, नेपाल एसबीआई, स्टान्डर्ड चार्टर्ड, सिद्धार्थ र सानिमा बैंकले व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर घटाएका छन् । कृषि विकास, एभरेष्ट, नेपाल एसबीआई, लक्ष्मी सनराइज, स्टान्डर्ड चाटर्ड, सिद्धार्थ र नबिल बैंकले संस्थागत मुद्दतितर्फको ब्याजदर घटाएका छन् ।
साउन महिनामा वाणिज्य बैंकमा व्यक्तिगत मुद्दतीतर्फको औसत ब्याजदर ५.७५ र संस्थागततर्फको मुद्दतीमा ४.११ प्रतिशत औसत ब्याजदर रहेकोमा भदौ महिनामा केही विन्दुले घटेर क्रमशः ५.५८ र ३.९६ प्रतिशत कायम भएको छ ।
भदौ महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ सबैभन्दा धेरै एनआईसी एसियाले ६.२५ र सबैभन्दा कम लक्ष्मी सनराईजले ५ प्रतिशत कायम गरेका छन्।
त्यस्तै, संस्थागत मुद्दतीतर्फ सबैभन्दा धेरै ५.२५ र सबैभन्दा कम स्टान्डर्ड चार्टर्डले २.७५ प्रतिशत कायम गरेका छन् ।
भदौका लागि वाणिज्य बैंकहरुको ब्याजदर–प्रभुले बढाउँदा ८ बैंकले घटाए, अन्यको स्थिर
भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको तुलनामा वाणिज्य बैंकहरुको औसत ब्याजदर घटेको छ । बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.५८ प्रतिशत विन्दुमा झरेको छ । जबकि यस्तो ब्याजदर साउन महिनामा ५.६९ प्रतिशत विन्दु रहेको थियो ।
ब्याजदर बढाउनेमा प्रभु बैंक रहेको छ । घटाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, लक्ष्मी सनराइज, एभरेष्ट, सानिमा, कुमारी, सिद्धार्थ, कृषि विकास र नेपाल एसबिआई बैंक रहेका छन् । अन्य बैंकहरुको ब्याजदर भने स्थिर रहेको छ ।
भदौमा कृषि विकास बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.२० प्रतिशत कायम गरेको छ भने संस्थागततर्फ २.८५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । एभरेष्ट बैंकले मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशत दिँदा संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर तोकेको छ ।