0
Shares
काठमाडौं । यही भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शो २०२५ मा सार्वजनिक गर्नका लागि उड्ने कार ल्याइएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)द्वारा आयोजित १७ औँ संस्करणको नाडा अटो शोमा प्रदर्शन गर्न भविष्यको मोबिलिटी प्रतीक डिपाल ई भिटोल उड्ने कार ल्याएको हो ।
अति उच्च प्रविधियुक्त उड्ने कार पहिलोपटक नेपालमा सार्वजनिक प्रदर्शनका लागि तयार गरिएको हो । यस ऐतिहासिक क्षणलाई नाडा अटो शो २०२५ मार्फत दर्शकहरूले प्रत्यक्ष अनुभव गर्ने छन् ।
नाडा अटो शो भदौ ३ देखि ८ गतेसम्म (१९-२४ अगस्ट २०२५) हुँदै छ ।