गत आवमा ८ वटा विकास बैंकको नाफा ५ अर्ब ६० करोड, कुनको कति ?

0 Shares

काठमाडौं । ८ वटा विकास बैंकहरुले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल देशमा सञ्चालित राष्ट्रिय स्तरका ८ वटा विकास बैंकहरुले उक्त आवको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

जसमा ८ वटा विकास बैंकहरुले गत आर्थिक वर्षको असार मसान्तसम्म ५ अर्ब ६० करोड ७७ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.०९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकहरुको नाफा ४ अर्ब ५९ करोड ६२ लाख ५२ हजार रुपैयाँ रहेको थियो ।

गत आवमा कुन बैंकले कति नाफा आर्जन गरे ?

मुक्तिनाथ विकास बैंक : बैंकले गत आवमा १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३०.८० प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

गरिमा विकास बैंक : बैंकले गत आवमा १ अर्ब ३१ करोड रुपैयाँ नाफा गरेको छ । यो अघिल्लो आवको तुलनामा २०१.९७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ४३ करोड ३९ लाख रूपैयाँ नाफा आर्जन गरेको थियो ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंक : बैंकले गत आवमा ६८ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा ०.४८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ६८ करोड ५३ लाख रूपैयाँ नाफा गरेको थियो ।

कामना सेवा विकास बैंक : बैंकले गत आवमा ६३ करोड ५२ लाख रूपैयाँ नाफा गरेको छ । यो अघिल्लो आवको तुलनामा ९.१९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ५८ करोड १८ लाख रूपैयाँ नाफा गरेको थियो ।

सांग्रिला डेभलपमेन्ट बैंक : गत आवमा ५३ करोड ७० लाख रुपैयाँ नाफा गरेको छ । यो अघिल्लो आवको तुलनामा ६.५१ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकले ५० करोड ४२ लाख रूपैयाँ नाफा गरेको थियो ।

महालक्ष्मी विकास बैंक : गत आवमा ५० करोड ६६ लाख रुपैयाँ नाफा गरेको छ । यो अघिल्लो आवको तुलनामा १.२६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ५० करोड ३ लाख रूपैयाँ नाफा गरेको थियो ।

लुम्बिनी विकास बैंक : ३७ करोड ९८ लाख रूपैयाँ नाफा गरेको छ । यो अघिल्लो आवको तुलनामा ३०.१३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ५४ करोड ३६ लाख रूपैयाँ नाफा गरेको थियो ।

ज्योति विकास बैंक : गत आवमा १ करोड २३ लाख रुपैयाँ नाफा गरेको छ । यो अघिल्लो आवको तुलनामा ९२.७४ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १७ करोड ५ लाख रूपैयाँ नाफा गरेको थियो ।

सम्बन्धित समाचार