प्रधानमन्त्री ओलीले ‘नाडा अटो शो’ को उद्घाटन गर्ने

0 Shares

काठमाडौँ । आगामी भदौ ३ गतेदेखि सुरु हुने १७औँ नाडा अटो शो २०२५ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

आयोजक नाडा (नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन) का अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्रीसँग भेटेर अटो शो उद्घाटनका लागि निम्तो दिएको थियो। प्रधानमन्त्री ओलीले उक्त आग्रह स्वीकार गरेको नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले जानकारी दिए ।

अटो शोमा के के हुनेछन् ?

मिति र स्थान : यो वर्षको नाडा अटो शो भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।

विशेष आकर्षण: यस पटकको अटो शोमा पहिलो पटक नेपालमा प्रदर्शन हुन लागेको युनिट्र रोबोट्स र डिपल इभटोल युएभी जस्ता भविष्य उन्मुख प्रविधिहरू मुख्य आकर्षण हुनेछन्।

सहभागिता : अटो शोमा १२५ भन्दा बढी प्रदर्शक र ३० भन्दा बढी ब्राण्डहरूको सहभागिता रहनेछ।

नाडाले आफ्नो स्थापनाको ५०औँ वार्षिकोत्सव मनाउने क्रममा यो अटो शो आयोजना गरेको हो । यसअघि नाडाबाट अलग भएर गठन भएको नाइमाले आयोजना गरेको अटो शोको उद्घाटन उपप्रधान तथा अर्थमन्त्रीले गरेका थिए ।

नाडाले नाइमाभन्दा फरक र भव्य अटो शो गर्ने तयारी गरेको अध्यक्ष चौधरीले बताउँदै आएका छन्।

सम्बन्धित समाचार