लोसपाको वरिष्ठ नेताबाट अनिल झाले दिए राजीनामा

0 Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता अनिलकुमार झाले पदबाट राजीनामा दिएका छन्।

लोसपा अध्यक्ष महन्थ ठाकुरले झाले दिएको राजीनामा स्वीकृतसमेत गरिसकेका छन्।

‘उहाँले केही समयअघि पार्टी कार्यालयमा राजीनामा पत्र दिनुभएको थियो, अध्यक्षज्यूले स्वीकृत गरिसक्नुभएको छ,’ अध्यक्ष ठाकुरको सचिवालयका एक सदस्यले भने।

झा पछिल्लो समय लोसपामा निस्क्रिय थिए।

सम्बन्धित समाचार