मन्त्री फेर्न ओली-देउवाको छलफल जारी

0 Shares

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री फेरबदलबारे छलफल सुरु भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच मन्त्री फेर्नेबारे छलफल भएको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार भएको भेटमा एमाले प्रधानमन्त्री ओली, कांग्रेसका सभापति शेरबहादुर देउवासँगै एमाले उपाध्यक्ष उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक सहभागी थिए।

छलफलमा कार्य सम्पादन राम्रो नभएका मन्त्रीहरू फेरबदल गरी नयाँ मन्त्री नियुक्त गर्ने प्रस्ताव भएको स्रोतले जनाएको छ। प्रधानमन्त्री ओलीको प्रस्तावमा देउवाले पार्टीभित्र समीकरण मिलाउन गाह्रो हुने बताएका थिए।

एमालेले सरकार गठन भएपछि दुई मन्त्री परिवर्तन गरिसकेको छ। कांग्रेसले अहिलेसम्म कुनै मन्त्री फेरेको छैन।

सम्बन्धित समाचार