काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीको अभिव्यक्ति विवादित भएको छ । कार्कीले माओवादी पार्टी विघटन गर्नुपर्ने, यदी विघटन नगरेमा जनता आफैले विघटन गर्ने अभिव्यक्ति दिएका हुन् ।
पार्टी उपमहासचिव जनार्दन शर्माको पक्षमा खुलेका स्थायी समिति सदस्य अन्जना विसङ्ख्य, नेता कार्कीले पार्टी अध्यक्ष प्रचण्डको कार्यशैलीको विषयमा आलोचना गरेका थिए । गत साउन १६ गतेदेखि १९ गतेसम्म चलेको स्थायी समिति बैठकका शर्मा सहित तीन नेताले पार्टी अध्यक्षको विषयमा आलोचना गरेका हुन् ।
कार्की शर्माको पक्षमा खुलेर बोलेकाले उक्त अभिव्यक्तिलाई पार्टी विरोधि अभिव्यक्तिको रुपमा प्रचण्डपक्षले लिएका हुन् । शर्मा माओवादी पार्टीलाई पुर्नगठन गरेर युवालाई नेतृत्वमा ल्याउनुपर्ने वकालत गर्दै आएका छन् । त्यति नै बेला कार्कीले उक्त अभिव्यक्ति दिएपछि प्रचण्डपक्षका नेताहरुले विरोध जनाएका छन् ।
आगामी केन्द्रीय समिति बैठकमा कार्कीको विवादित अभिव्यक्तिका विषयमा प्रश्न उठ्ने नेताहरुले बताएका छन् ।