साढे ६ किलो सुनको गहनासहित ११ जना पक्राउ

0 Shares

पोखरा । साढे ६ किलो अवैध सुनका गहनासहित पोखराबाट ११ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीले गोप्य सूचनाका आधारमा विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । उनीहरूको साथबाट ६ किलो ४ सय ग्राम अवैध सुन र ४ सय ४४ तोला चाँदी बरामद भएको प्रहरीले शनिबार जनाएको छ ।

पक्राउ पर्नेमा भारत महाराष्ट्रका राजेन्द्र रामचन्द्र जगताप, कोलकत्ताका मनिक लाल आदक, पश्चिम बंगालका सन्दिप ढाव, सोमनाथ पाल, दीपक सामन्त, गोविन्द दिण्डा, असित वर, तापस सामन्त, उज्ज्वल भौतिक, सुनिता पवार, प्रोभास माझी छन् ।

पक्राउ परेका अधिकांश सुनचाँदी व्यवसायमा संलग्न कालिगडहरू हुन् । बरामद गरिएको सुनको बजार मूल्य अनुसार करिब १० करोड ९८ लाख रुपैयाँ रहेको छ । यस्तै, चाँदीको मूल्य करिब १० लाख २८ हजार रुपैयाँभन्दा बढी छ ।

सबैलाई बरामद गरिएका सामानसहित राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने एसपी ओलियाले जानकारी दिए ।

सम्बन्धित समाचार