0
Shares
काठमाडौं । नेपाल अटो मोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले बुधबारदेखि ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२५’को आयोजना गरेको छ।
नाइमाले पहिलो पटक काठमाडौंको भृकुटीमण्डपमा अटो एक्स्पो सुरु गरेको । संस्थाले स्थापना भएको एक वर्ष पूरा नहुँदै मोबिलिटी एक्स्पो गर्ने भएसँगै बहुप्रतिक्षित बनेको थियो ।

यस एक्स्पोमा २१ वटा चार पांग्रे, १८ वटा दुई पांग्रे र ९ वटा कमर्सियल सवारी साधन ब्रान्ड सहभागी भएका छन् । जसमा ३५ वटा नयाँ सवारी साधन लञ्च भएका छन् ।














