सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन बुधबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा २ हजार २८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा २ हजार ३०५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार