भारतको उत्तराखण्डमा ३४ सेकेन्डको महाविपत्ती, भाग्दाभाग्दै दर्जनौँ बेपत्ता

0 Shares

काठमाडौं। भारतको उत्तराखण्डमा खिर गंगा गाउँ बगाएको छ। घटना मंगलबार दिउँसो १ बजेर ४५ मिनेट जाँदा भएको हो।

घटनाका धेरै भिडियो र तस्बिरहरू सामाजिक सञ्जालामा देखिएको छ। तिमा पहाडबाट आएको वर्षा र लेदोले ३४ सेकेन्डमै पूरै गाउँ बगाएको हो।

उत्तर काशीका डीएम प्रशान्त आर्यले भने, ‘अहिलेसम्म चार जनाको मृत्यु भएको छ, ५० भन्दा बढी मानिसहरू बेपत्ता छन्, धेरै मानिसहरू पुरिएको खबर छ।’

यो गाउँ देहरादुनबाट २१८ किलोमिटर र गंगोत्री धामबाट १० किलोमिटर टाढा छ। सेनासँगै उद्धार टोली एसडीआरएफ, एनडीआरएफ पनि घटनास्थलमा पुगेको छ।

गाउँतिर पानीको बाढी आउने बित्तिकै मानिस चिच्याउन थालेका थिए। धराली बजार पूर्ण रूपमा ध्वस्त भएको छ। धेरै होटल र पसल बगाएका छन्। यस क्षेत्रमा विगत दुई दिनदेखि भारी वर्षा भइरहेको थियो।

सम्बन्धित समाचार