0
Shares
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन ९नाइमा०ले आयोजना गर्न लागेको “नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५”को उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गर्ने भएका छन् ।
नाइमाले जनाए अनुसार साउन २१ गते बिहान ९ बजे अर्थमन्त्री पौडेलले एक्स्पोको उद्घाटन गर्नेछन् । नेपाल प्रहरी क्लब परिसरस्थित ब्लु पभिलियन भवन, भृकुटीमण्डपमा एक्स्पो उद्घाटन हुने नाइमाले जनाएको छ ।
“नाईमा नेपाल मोबिलिटी एक्स्पो २०२५” साउन २१ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ । एक्स्पोमा ५० भन्दा बढी ब्रान्डको सहभागिता रहने नाइमाले जनाएको छ ।