काठमाडौं । नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ युगको सुरुवात गर्दै एयर एनर्जीको नेपालको आधिकारिक वितरक वैद्य इनर्जी प्रा.लि.ले एथर रिज्टाको औपचारिक सार्वजनिक गर्ने भएको छ ।
साउन २१ गते नेपालकै प्रमुख नवप्रवर्तन तथा मोबिलिटी प्रदर्शनी ‘नाइमा एक्स्पो २०२५’ मा एथर रिज्टा पहिलो पटक सार्वजनिक हुने भएको हो ।
भारतभर शहरी मोबिलिटीको परिभाषा फेरिदिएको एथर रिज्टा उन्नत प्रविधि, उच्च प्रदर्शन, व्यावहारिक डिजाइन र पारिवारिक सुरक्षाको समिश्रण हो ।
नेपाली परिवेश र आवश्यकतालाई ध्यानमा राखेर तयार पारिएको रिज्टा आधुनिक जीवनशैलीसँग मेल खाने स्मार्ट मोबिलिटी समाधानको रूपमा प्रस्तुत गरिएको छ ।
वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत सूर्यांश वैद्यका अनुसार रिज्टा केवल स्कुटर नभइ स्मार्ट मोबिलिटी समाधान हो जुन धेरै नेपालीको जीवनशैलीसँग मेल खान्छ । ४५० सिरिजको सम्पूर्ण प्रविधिलाई सहज र पहुँचयोग्य बनाउँदै ल्याइएको यो स्कुटर नेपाली सडक र परिवारको लागि उपयुक्त छ ।
रिज्टा विभिन्न भेरियन्ट र आकर्षक रङमा उपलब्ध हुनेछ । यसमा शक्तिशाली मोटर, लामो दायरा दिने ब्याट्री, स्मार्ट कनेक्टिभिटी सुविधा, र प्रशस्त स्टोरेज जस्ता विशेषताहरू समावेश छन्, जुन एयरको प्रमाणित प्लेटफर्ममा आधारित छन् ।
नाइमामा सहभागी हुने आगन्तुकहरूले स्कुटरको प्रत्यक्ष अनुभव लिन, जानकारी लिन र बुकिङको अवसर पाउने छन् । एथर रिज्टाको आगमनले नेपाली बजारमा एथर ब्रान्डको उपस्थिति बलियो बनाउनेछ र वातावरणमैत्री तथा दिगो यातायाततर्फ उपभोक्तालाई प्रोत्साहित गर्ने छ ।