काठमाडौं । बीवाईडी २०२५ फच्र्युन ग्लोबलको सूचीको ९१औं स्थानमा परेको छ । सूचीमा रहेका कुल ५०० कम्पनीमध्ये चिनियाँ अटोमेकर बीवाईडी पहिलो पटक शीर्ष १०० भित्र पर्न सफल भएको हो।
सन् २०२४ मा १४३औं स्थानमा थियो । सन् २०२२ यता बीवाईडी फच्र्युन ग्लोबलको सूचीमा लगातार पर्दै आएको छ। गतवर्ष बीवाईडीको ग्रोथमा राम्रो वृद्धि भएको थियो । जसका कारण बीवाईडीका चार उद्योगको व्यापार उल्लेख्य बढेको थियो। कम्पनीको वार्षिक आम्दानी ७ खर्ब ७७ अर्ब चिनियाँ युआन ९१४ खर्ब ३८ अर्ब रुपैयाँ० पुगेको थियो। यो बीवाईडीको आम्दानीमा २९ प्रतिशतको वृद्धि हो।
विश्व अटो बजारमा जसका कारण बीवाईडी बलियो उपस्थिती बनेको छ । कम्पनीले सन् २०२४ मा न्यू इनर्जी भेहिकल ९एनइभी०को बिक्रीमा पनि नयाँ रेकर्ड हात पारेको थियो। बीवाईडीले गत वर्ष ४२ लाख ७० हजार युनिट न्यू इनर्जी भेहिकल बेचेको थियो । यो भनेको ४१ प्रतिशतको वार्षिक वृद्धि हो । बीवाईडीले लगातार तेस्रो वर्ष ग्लोबल न्यू इनर्जी पेसेन्जर भेहिकल बिक्रीमा उपाधि जित्न सफल भएको हो ।
कम्पनी “प्रविधिमा–आधारित, इनोभेसन केन्द्रित” दर्शनको विकास गर्दै रिसर्च एण्ड डेभलपमेन्टमा गरेको लगानी उपलब्धिमूलक भएको छ । कम्पनीले सन् २०२४ मा आरएण्डडीमा ५४ अर्ब २० करोड युआन खर्चिएको थियो। अघिल्लो वर्षको तुलनामा यो ३६ प्रतिशत बढी हो। कम्पनीले गरेको खुद नाफालाई समेत लगानीको यो आँकडालाईसमेत उछिनेको छ। विगत १४ मध्ये १३ वर्ष (सन् २०११ देखि २०२४) मा आरएण्डडीमा गरिएको लगानीले बीवाईडीको खुद नाफालाई उछिनिरहेको छ। आरएण्डडीमा गरिएको लगानीकै कारण कम्पनीले ब्लेड ब्याट्री, डफआईएसयुएस इन्टेलिजेन्स बडी कन्ट्रोल सिस्टम, मेगावाट फ्ल्यास चार्जिङ लगायतका मुख्य प्रविधि आविष्कार गर्न सक्षम भएको छ। सन् २०२५ मा बीवाईडीले ग्लोबलाइजेसन र लोकलाइजेसनलाई आक्रामक ढंगले विस्तार गर्दै लगेको छ। बीवाईडीले १ करोड ३० लाख युनिट सवारी साधन उत्पादन गरेर एक महत्वपूर्ण कोशेढुंगा (माइलस्टोन) हासिल गरेको छ ।
कम्पनीले ओभरसिज लोकलाइजेसन प्रयत्नको रुपमा हङ्गेरीमा युरोपेली मुख्यालय खोलेको छ । यसवर्षको ६ महिनामा बीवाईडीले उत्पादन गरेका पेसेन्जर भेहिकल र पिकअप ट्रकको ओभरसिज (चीन बाहिर) बिक्री ४ लाख ७० हजार थानभन्दा बढी पुगिसकेको छ । यस्तै, ब्राजिलको उद्योगबाट पहिलो गाडी उत्पादन गर्नु र थाइल्याण्डमा ९० हजारभन्दा बढी न्यू इनर्जी भेहिकल डेलिभरी गर्नु पनि ओभरसिज लोकलाइजेसनकै प्रयत्न भएको बीवाईडीको भनाई छ ।
बीवाईडीको न्यू इनर्जी भेहिकल विश्वका ११२ देशहरुमा उपलब्ध छ। बीवाईडीले पछिल्लो फच्र्युन ग्लोबल ५०० मा हात पारेको स्थानले नवप्रवर्तन र अन्तर्राष्ट्रियस्तरमा भइरहेको यसको विस्तार प्रतिको प्रतिबद्धतालाई झल्काउँछ। आगामी दिनमा नवीनतम् प्रविधि र विश्वव्यापी उपस्थितिमार्फत बीवाईडीले “कुल द अर्थ बाइ १ डिग्री सेल्सियस“ महत्त्वपूर्ण लक्ष्यसहित दिगो विकासमा प्रयत्न जारी राख्ने प्रतिवद्धता गरेको छ।