0
Shares
काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) ले ‘नाडा अटो शो २०२५’ को लागि अग्रिम टिकट बुकिङ खुलाएको छ। आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटिमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ का लागि नाडाले अग्रिम टिकट बुकिङ खुलाएको हो।
यसका लागि खल्ती बाई आईएमई मोबाइल वालेटबाट टिकट बुकिङ गर्न सकिने नाडाले जनाएको छ। अहिले अग्रिम टिकट बुकिङ गर्ने दर्शकले २० प्रतिशत छुट पाउने नाडाले बताएको छ।
नाडाको टिकेटिङ पार्टरमा खल्ती बाई आईएमई पे र हस्पिटालिटी पार्टनरमा किस्ट टिचिङ हस्पिटल रहेका छन्। नाडाको सामान्यतर्फ टिकट मूल्य २०० रुपैयाँ र विद्यार्थीको लागि १५० रुपैयाँ तोकेको छ।