चक्रे मिलनसहित १९ जनालाई म्‍याद थपिँदै

0 Shares

काठमाडौं । काठमाडौंको महाराजगन्‍जबाट पक्राउ परेका चक्रे मिलन भनिने मिलन गुरूङहित पक्राउ परेकाहरूलाई १९ जनालाई प्रहरीले म्याद थप्ने तयारी थालेको छ।

बिहीबार मध्यराति महाराजगन्जस्थित साम्बाला होटलबाट पक्राउ परेका चक्रे मिलनको समूहमाथि अनुसन्धान गर्न म्याद थप गर्ने तयारी गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार १९ जनाविरूद्ध म्याद थप गर्न लागेको हो। उनीहरूमाथि अभद्र व्यवहार कसुरमा म्याद थप हुन लागेको हो।

प्रहरीले गएराति ४७ जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्ने वा नगर्ने भन्ने विषयमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी टेक तामाङले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेशकुमार बस्नेत र जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीसँग छलफल गरेका हुन्। छलफलको क्रममा मुद्दा चलाउने निर्णय भएको हो।

 

सम्बन्धित समाचार