काठमाडौं । नेपालको दुईपांग्रे सवारी इतिहासमै पहिलो पटक होन्डा डिओ १२५ स्कुटरले ५३०० मिटर उचाइमा अवस्थित ज्याङलापास (उपल्लो डोल्पा)सम्मको साहसिक यात्रा सम्पन्न गरेको छ ।
कीर्तिमानी यात्रा नेपाल एट्ठ वन्डर टोलीले स्याकार ट्रेडिङ कम्पनीको सहकार्यमा होन्डा डिओ १२५ स्कुटरमार्फत सम्पन्न गरेको हो । सहरी यात्राका लागि निर्मित स्कुटरले हिमाली भूपरिधिमा प्रवेश गरेर देखाएको प्रदर्शनीले नेपाली मोटर यात्राको सीमालाई पुनः परिभाषित गरेको कम्पनीको भनाइ छ ।
काठमाडौंदेखि डोल्पासम्म र जोमसोम, भेरोल, धो तराप हुँदै ज्याङलापाससम्म पुगेको होन्डा डिओ १२५ ले कुनै ठूला यान्त्रिक समस्याबिनै यात्रा सम्पन्न गरेको हो । असाधारण सफलता, स्कुटरमा समावेश १२३.९२ सीसी बीएस सिक्स इन्जिन, इन्ह्यान्स्ड स्मार्ट पावर (ईएसपी), साइलेन्ट स्टार्ट विथ एसीजी, आईडेलिङ प्रणाली, कम्बाइन्ड ब्रेकिङ सिस्टम (सीबीएस)लगायत अत्याधुनिक प्रविधिको परिणाम भएको कम्पनीको भनाइ छ ।
साथै, टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन, थ्री–स्टेप एड्जस्टेबल रियर सस्पेन्सन, डिजिटल मिटर, यूएसबी चार्जिङ पोर्ट र ठूलो बुट स्पेसजस्ता फिचरले लामो र चुनौतीपूर्ण यो यात्रालाई सहज बनाएको नेपाल एट्ठ वन्डरले जनाएको छ ।
होन्डा डिओ १२५ अब केवल सिटी स्कुटर नभएर गन्तव्यभन्दा पर पुग्न तयार ‘मिसन कम्प्लिट’ सवारी प्रमाणित भएको कम्पनीले बताएको छ । स्याकार ट्रेडिङ होन्डा मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक हो ।