प्रधानमन्त्रीसँग कुराकानी गर्न बालुवाटार पुगे देउवा

0 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गर्न सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री ओलीसहित एमाले र कांग्रेसका शीर्ष नेताहरू बालुवाटारमा बिहीबार मध्याह्न छलफलमा जुटेका हुन्। छलफलमा प्रधानमन्त्री ओलीसहित एमालेबाट अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल छन्।

कांग्रेसबाट सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक छन्। उनीहरूबीच मन्त्रिपरिषद हेरफेर, बागमती प्रदेश सरकार र पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी हुनेछ।

सम्बन्धित समाचार