ट्राफिक कारबाहीबाट साढे दुई करोड राजस्व संकलन

0 Shares

बागमती। मकवानपुर जिल्ला ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्षमा दुई करोड ४१ लाख ४५ हजार राजस्व संकलन गरेको छ।

उक्त कार्यालयका प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयालका अनुसार आव २०८१/८२ मा ट्राफिक नियम उल्लङ्घन गरेका ३० हजार ३४ सवारी साधनबाट उक्त रकम संकलन भएको हो।

आव २०८०/८१ मा ४७ हजार ८९९ सवारी साधनलाई कारबाही गरेर तीन करोड ६९ लाख ६७ हजार राजस्व संकलन भएको थियो। मकवानपुरमा आव २०८१र८२ मा भएका ४०७ सवारी दुर्घटनामा ५० जनाको मृत्यु भएको तथा ९६५ जना घाइते भएका थिए।

सम्बन्धित समाचार