उच्च विन्दुमा पुगेको सुनको मूल्यमा गिरावट, आजको मूल्य कति ?

0 Shares

काठमाडौं । सुनको मूल्यले रेकर्ड बनाएपछि गिरावट आएको छ । लगातार चार दिन रेकर्ड मूल्य कायम गरेको सुनको मूल्य बिहीबार घटेको हो ।

बिहीबार सुनको मूल्य दुई सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य एक लाख ३६ हजार ६०० रुपैयाँ तोकिएको छ । बुधबार प्रतितोला एक लाख ३६ हजार ८०० रुपैयाँ तोकिएको थियो ।

यस्तै, बिहीबार तेजावी सुन प्रतितोला एक लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजावी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी प्रतितोला एक हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस दुई हजार ३४२ दशमलव २४ डलरमा कारोबार भइरहेको छ । चाँदी प्रतिऔंस चाँदी २७ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार